बागलुङ । निशेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङ नियन्त्रणमा लिएको छ ।
बिहीबारदेखि कडाई गरिएको निशेधाज्ञामा जरुरी काम बिना सञ्चालन गरिएका चार वटा जीप तथा ट्याक्सी र १५ वटा मोरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेलले बताउनुभयो ।
नियन्त्रणमा लिएका सवारी साधन जिल्ला प्रहरी कार्यालयमा होल गरेर राखिएको र आवश्यक कारबाही गरेर मात्रै फिर्ता गर्ने पौडेलले बताउनुभयो ‘ निशेधाज्ञाको समयमा अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधन हामीले नियन्त्रणमा लिएका छौं,’ उहाँले भन्नुभयो,‘अहिले जिल्ला प्रहरी कार्यालयमा होल गरेका छौं ।
चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी १९ वटा सवारी साधन रहेका छन् । आवश्यक कारबाही गरेर मात्रै फिर्ता दिन्छौं ।’ कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निशेधाज्ञाको कार्यान्वयनका लागि प्रहरीले गस्ती गर्ने क्रममा अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधन नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको दुई पाङ्ग्रे सवारीलाई दुई हजार र चार पाङ्ग्रेलाई ५ हजार रुपैयाँ जरिवाना गर्नसक्ने बताईएको छ । baglungpostबाट