जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल । बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीले उनलाई बिहीबार दिउँसो गाउँपालिका कै कार्यालयबाट पक्राउ गरेको हो। सम्मरीमाइकै एक जना महिलाले शुक्ला विरुद्ध बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी छिन्। साउन २४ गते शुक्लाले ती महिलामाथि बलात्कारको प्रयास गरेको बताइएको छ।

ती महिलालाई परेको समस्या समाधान गरीदिने भन्दै आफ्नै घरमा बोलाएर बलात्कारको प्रयास गरेको आरोप शुक्लामाथि लागेको छ। स्थानीयका अनुसार शुक्लाले आफूलाई जबरजस्ती गर्न खोजेको भन्दै ती महिला शुक्लाकै घरबाट रुदैँ भागेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जबरजस्ती करणी उद्योगको आरोपमा अनुसन्धानका लागि शुक्लालाई पक्राउ गरीएको बताउनुभयो। घटनाको अनुसन्धान भइरहेको एसपि केसीले बताउनुभयो । शुक्ला हाल सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय उपाध्यक्ष हुन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार