बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ ।नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको बताउनुभयो । रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत) अध्यक्ष, नरबहादुर थापा (निशान) सचिब रहेको २९ सदस्यीय, ज्यामरककोटमा कृष्णबहादुर कार्की अध्यक्ष र लालबहादुर सुबेदी सचिब रहेको २२ सदस्यीय, भकिम्लीमा खिमबहादुर पुन अध्यक्ष र रत्न जिसी सदस्य रहेको ३१ सदस्यीय, सिंगामा अणबहादुर खड्का (भगवान) अध्यक्ष र तेजबहादुर बानिया सचिब रहेको १८ सदस्यीय, पुलाचौरमा सागर पौडेल अध्यक्ष र बिज्ञान केसी सचिब रहेको २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।

 

अर्थुङ्गेमा यादब सुबेदी अध्यक्ष र निलकण्ठ रेग्मी सचिब रहेको २८ सदस्यीय, बेनी ७ मा लक्ष्मण शर्मा अध्यक्ष र बिजय किसान सचिब रहेको १८ सदस्यीय, बेनी ८ मा देबी केसी इञ्चार्ज, मोहन बरुवाल अध्यक्ष र खेम केसी सचिब रहनुभएको १४ सदस्यीय, घतानमा झकबहादुर बिक अध्यक्ष र गणेश शर्मा सचिब रहेको १७ सदस्यीय तथा पात्लेखेतमा केशबहादुर किसान अध्यक्ष र इन्द्रबहादुर मल्ल सचिब रहेको वडा कमिटि गठन भएको नगर कमिटी अध्यक्ष केसीले बताउनुभयो ।

नगर कमिटी अध्यक्ष केसी, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष ज्योती लामिछाने लगायतको उपस्थितिमा भेला भएको थियो । भेलामा नेताहरुले केपी ओलीका अहंकारी प्रवृतिका कारण कम्युनिष्ट पार्टीको एकता कायम हुन नसकेको, माओवादी आन्दोलनबाट प्राप्त संबिधान, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, संघीय ब्यवस्था बचाउन अग्रगमनकारी शक्तिहरुबीच धु्रबिकरण भएको बताउनुभयो ।

वडा स्तरका बिकास योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन, जनताको समस्या समाधानका लागि पार्टी मार्फत पहल गर्न र संगठन सुदृढीकरण गरेर आगामी स्थानीय तह चुनाव जित्ने तयारीमा लाग्न निर्देशन दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार