निजी विद्यालयको चर्को शुल्कविरुद्ध सिन्धुलीमा विद्यार्थी संगठन आन्दोलित

सिन्धुली । स्कुल बन्द रहेको अवस्थामा समेत वार्षिक शुल्क लिने निजी विद्यालयको दादागिरिविरुद्ध सिन्धुलीका विद्यार्थी सङ्गठन आन्दोलित भएका छन् ।

नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू सिन्धुलीद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले निजी विद्यालयहरुले विद्यार्थीहरुलाई पढाउदै नपढाइ यो वा त्यो बहाना बनाइ जबर्जस्ती विद्यार्थी र तिनका अभिभावकसँग भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कलगायत विभिन्न शुल्क राखी जबर्जस्ती शुल्क लिइरहेको पाइएको उल्लेख छ ।

“निजी विद्यालयहरुले विभिन्न शुल्क उठाइ जुन लूटतन्त्र मच्चाउन खोजेका छन् त्यस्ता व्यवहारप्रति हाम्रो गम्भीर आपत्ति छ । तसर्थः विद्यालय बन्द रहेको समयमा समेत विद्यार्थीका अविभावकहरुसँग शुल्क बुझाउन ताकेता गर्ने विद्यालयले उठाएको शुल्क फिर्ता नगरे हामी निजी बोर्डिङको दादागिरि, अत्याचार र आतंकका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ,” विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार