कांग्रेस भ्रातृ संस्थाको म्याद फेरि थपियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले कांग्रेसका ९ वटा भ्रातृ संस्थाको एकसाथ म्याद थप गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकबाट ९ वटा भ्रातृ संस्थाको एकसाथ म्याद थपेर वैधानिकता दिइएको हो ।

कांग्रेसले आवधिन निर्वाचनलाई लोकतन्त्रको मुटु भन्दै देशमा र पार्टीमा आवधिक निर्वाचन लागु नभए प्रजातन्त्र धरापमा पर्ने बहस गर्दै आएको छ ।

तर, शनिबार कांग्रेसले म्याद थपेर वैधानिकता दिएका भ्रातृ संस्थाहरुमध्ये कोहीको १६ वर्षसम्म महाधिवेशन भएको छैन भने कुनैको ९ वर्षसम्म महाधिवेशन हुन सकेको छैन ।

नेपाल किसान संघको महाधिवेशन नभएको १६ वर्ष पुगेको छ भने विगत ९ वर्षदेखि नेपाल दलित संघको महाधिवेशन भएको छैन । त्यसबाहेक तीन वर्षमा महाधिवेशन गर्ने वैधानिक व्यवस्था गरेको नेपाल तरुण दलको वर्तमान कार्यसमितिले ५ वर्ष पूरा गरेको छ ।

कांग्रेसका भ्रातृ तथा सुभेच्छुक संस्थामध्ये अहिले नेपाल ट्रेड युनियन कांग्रेसबाहेक कुनै पनि संगठन वैधानिक हैसियतमा छैनन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार