
काठमाडौं । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो।’ लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए । जसमा सन्तोष पाण्डेय र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् । उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईलाई पठाएको हो । रातोपाटीबाट