भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुमबासी संगठनले मंगलबार माइतीघरमा संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर’,‘भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीको जमिन पाउने संवैधानिक अधिकार कार्यान्वयन गर’, ‘किसान एकता जिन्दावाद’लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार