‘अमेरिका पठाइदिन्छु’ भनेर ११ लाख ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । ‘अमेरिका पठाइदिन्छु ‘ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउँछु भनेर ११ लाख ५० हजार ठगी गरेका थिए । अमेरिका जान ४० लाख लाग्ने र त्यहाँ पुगेपछि कोकाकोला कम्पनीमा महिनाको ३ लाख तलव आउने जागिर लगाइदिने आश्वासन दिएका कार्की ११ लाख ५० हजार लिएपछि फरार भएका थिए ।

वैदेशिक रोजगार विभागले उनविरुद्ध पक्राउ पूर्जी जारी गरेर प्रहरीलाई पत्राचार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । आरोपीलाई प्रहरीले वैदेशिक रोजगार विभागमा उपस्थित गराएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार