प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रको शपथ ग्रहण सम्पन्न भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपतिले मंगलबार उहाँलाई नियुक्त गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार