गोठबाट गाई चोरेर काटेको अभियोगमा बागलुङको निसीखोलाका ३ जना पक्राउ

पोखरा । पोखरामा गोठमा बाँधेको गाई चोरेरे लगी काटेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको अभियोगमा बागलुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर, २२ वर्षीय सबिन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पुरुनचौरका ८३ वर्षीय केशर बहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छी गोठबाट दाम्लो फुकाएर चोरी लगेको भन्ने खबर पाएपछि प्रहरी टोलीले खोजतलास गरेको थियो । गोठभन्दा २ किमी पर लगेर उनीहरुले गाई काटेको अभियोग छ । सोही अभियोगमा उनीहरुलाई मंगलबार बिहान १० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार