लागु औषध सहित दुईजना पक्राउ

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका ३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखिपुर नगरपालिका १० का २८ वर्षीय धनजीत यादव रहेका छन् ।

उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नाइट्रोभेट ट्याबलेट ९ सय थान, उनीहरु सवार मोटरसाइकल एक थान र ३ हजार ३ सय ४६ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोल बजारमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार