सर्लाहीमा तीन दिनदेखि हराइरहेकी किशोरी मृत फेला

जनकपुरधाम। सर्लाहीमा तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

३१ साउनदेखि घरबाट हराइरहेकी उनको शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । शव फेला परेको ठाउँ उनको घरदेखि झण्डै तीन किलोमिटर टाढा छ । ३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।

डीएसपी बुढाथोकीले शव सडेको अवस्थामा फेला परेको बताउनुभयो । ‘मृत शरीरमा त्यस्तो निलडाम र घाउ देखिएको छैन’ उहाँले भन्नुभयो, ‘शव केही सडेको देखिएको छ ।’किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उहाँले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार