महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक पार्टी गठन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।

ठाकुर पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक गठन गर्ने तयारी गरेका हुन् । ठाकुर पक्षमा १२ जना सांसद् छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । त्यसपछि ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत पार्टीमा साधारण सदस्य मात्रै रहेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार