
काठमाडौं । राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा जाने तयारीमा जुटेका छन् ।
मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा जुटेको हो । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह ‘साइकल’ राख्ने निर्णय गरेको छ ।
हामी निर्वाचन आयोगमा जानका लागि कोशिश गरिरहेका छौँ । तर, तयारी पूरा भइसकेको छैन,” जसपा नेता लक्ष्मणलाल कर्णले भने,पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने निर्णय गरेका छौँ । चुनाव चिन्ह साइकल दाबी गर्ने गरी तयारी भएको छ ।”उनले निर्वाचन आयोगमा जानका लागि तयारी गरिरहेको भन्दै तयारी पूरा भए आजै निवेदन दर्ता गर्ने तयारी रहेको जनाए । नागरिक खबरबाट