एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए ।

त्यस अनसार यो समूहका नेताहरु आयोग पुगेका छन् । नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार