एमाले कर्कलोको पातको पानीजस्तो होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कर्कलोको पातमा अडेको पानीजस्तो पार्टी नभएको बताउनुभएको छ। एमाले कमजोर नाजुक शक्ति नभएको उहाँले बताउनुभयो। नेपाली पुगेका ठाउँमा एमाले पुगेको पनि उहाँले बताउनुभयो। ‘एमाले विरोधी षड्यन्त्र आफैँ समाप्त हुनेछ। उनीहरूले डेढवर्ष गरेर खाँदैनन्। सरकार चार जना मन्त्री लिएर हिँडेको छ,’ ओलीले भन्नुभयो।

राजनीतिक दल सम्बन्धी अध्यादेश २० प्रतिशत भए पार्टी विभाजन गर्न सक्ने गरी ल्याइएको पनि उहाँले बताउनुभयो। आफूहरू लाग्ने हो भने १० प्रतिशत पनि बाँकी नरहेको उहाँको भनाइ छ। भक्तपुरमा आज विशेष सम्बोधन गर्दै उनले एमाले खरानीको डल्लो नभएको पनि बताउनुभयो।

‘प्रतिक्रियावादी शक्तिले सोचेका थिए एमालेलाई ध्वस्त र कमजोर तथा खत्तम पार्न सकिन्छ भन्ने सोचेका थिए। तर एमाले कर्कलाको पातको पानीजस्तो होइन हावा चल्नेवित्तिकै झरोस्,’ उहाँले भन्नुभयो। ओली नेतृत्वमा चुनाव भए दुई तिहाइ ल्याउँछ भनेर गठबन्धनले सरकार बनाएको पनि ओलीको दाबी छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार