देशभर थपिए ३०७५ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ४२ हजार २ सय २८ जनामा र एन्टिजेन विधिबाट ७८ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय २६ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको छ भने ६ लाख ९१ हजार २ सय ९९जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय जना रहेका छन् । जसमध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा , ३ हजार ३ सय ८६ जना संस्थागत आइसोलेसनमा र ३ सय ८५ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ३९ जना आईसीयू र १ सय ६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार