पछिल्लो सरकारका सहयोगीलाई घर–घर पुगेर खोज्दै तालिबान

काठमाडौँ । तालिबानले नेटो सेना र अफगान सरकारसँग काम गरेकाहरूको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रको एक रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा तालिबान विद्रोहीहरू घर–घर पुगेर उनीहरूको खोजी गर्दै परिवारलाई धम्की दिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

उता, दोस्रोतर्फ तालिबान नेतृत्व भने अफगानिस्तानमा कब्जा जमाएपछि कुनै प्रकारको बदला नलिने भनेर अफगानिस्तानका जनतालाई भरोसा दिलाउने प्रयास गरिरहेका छन् । तर, सन् १९९० ताका तालिबानको क्रूरता भोगेकाहरू उनीहरू बदल्नेमा कम आशावादी रहेका छन् ।

तालिबानको पछिल्लो ‘सर्च अपरेशन’ बारे आरएचआईपीटीओ नर्वेजियन सेन्टर फर ग्लोबल एनालिसिसले तयार गरेको हो । यो समूहले संयुक्त राष्ट्रलाई खुफिया जानकारी प्रदान गर्दछ । संस्थाका प्रमुख क्रिश्चियन नेलेमनले बीबीसीसँग भने, ‘तालिबान ठुलो सङ्ख्यामा मानिसहरूलाई निशाना बनाइरहेका छन् । उनीहरूमाथि खतरा बढिरहेको स्पष्ट देख्न सकिन्छ ।

उनीहरूले आत्मसमर्पण नगरे तालिबानले उनीहरूलाई गिरफ्तार गरेर सजाय दिने नत्र उनीहरूको परिवारसँग सोधपुछ गरेर उनीहरूलाई पनि सजाय दिइने पत्र दिइएको छ ।’उनका अनुसार तालिबानको कालोसूचीमा धेरै व्यक्तिहरूको नाम रहेको र उनीहरूलाई मृत्युदण्डको सजायसमेत दिन सकिनेछ । रातोपाटी/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार