६ घर पहिरोको उच्च जोखिममा

बैतडी । पाटन नगरपालिका–१० का ६ घर पहिरोको जोखिममा छन् भने तीन परिवार विस्थापित भएका छन्। बुधबार रातीको वर्षाले ठाँउठाँउमा पहिरो गएपछि ६ वटा घरहरु जोखिममा रहेको वडा कार्यालयले जनाएको छ।

बाडीखाना टोलका हरी सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगन बहादुर चन्द, बल्देव लुहार र डुब्के टोलका इन्द्रबहादुर कुवँरको घर पहिरोको जोखिममा रहेको वडा अध्यक्ष देबेन्द्र कुवँरले जानकारी दिनुभयो।

पहिरोको जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार बिस्तापित भएका छन्। उनीहरु अहिले छिमेकीको घरमा बसिरहेको अध्यक्ष कुवँरले बताउनुभयो। लगातारको बर्षाले वडाका अन्य ठाउँका खेतबारीमा समेत क्षति पुर्‍याएको छ। जोखिममा रहेका परिवार र विस्थापित परिवारको व्यवस्थापनको लागि पहल भइरहेको वडा कार्यालयले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार