सभामुखको कार्यकक्षमा एमाले सांसदहरुको ‘धर्ना’ तर आएनन् सभामुख

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरुले सभामुख कार्यकक्षमा धर्ना दिएका छन् ।

डेढ घण्टासम्म धर्ना दिएका एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यकक्षमा नआएपछि फर्किएका थिए । सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरेकी थिइन् । सभामुख सापकोटाले आफू आज संसद नआउने जानकारी गराएका थिए ।

आफ्नो पूर्वसभामुख सुवास नेम्वाङसँग कुराकानी भएको र थप दवाव दिनु नपर्ने भन्दै सभामुख सापकोटाले जतिसक्दो छिटो निर्णय गर्ने बताएका थिए ।एमालेले तीन दिनअघि माधवकमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न लेखेको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ । यतिका दिन बितिसक्दा पनि पदमुक्त नगरेको भन्दै एमाले नेताहरुले बिहीबार पनि सभामुखलाई भेटेर दबाव दिएका थिए । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार