देशभर थपिए ३०४२ कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ९ सय ६३ गरी ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ४४ हजार ३ सय ७ जनामा र एन्टिजेन विधिबाट ७९ हजार ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ४४ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ भने ६ लाख ९३ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ जना रहेका छन् । जसमध्ये ३६ हजार ९ सय २२ जना होम आइसोलेसनमा , ३ हजार ३ सय ८७ जना संस्थागत आइसोलेसनमा र ४ सय २६ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय १४ जना आईसीयू र १ सय ७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार