देशभर थपिए २०७५ कोरोना संक्रमित, २३८२ कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ३ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय २४ जना र ५ हजार ३ सय ७२ एन्टिजेन परीक्षण गर्दा ६ सय ५१ गरी २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ४५ हजार ७ सय ३१ जनामा र एन्टिजेन विधिबाट ७९ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ८२ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ भने ६ लाख ९५ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय २१ जना रहेका छन् । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसनमा , ३ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा र ४ सय २३ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय १८ जना आईसीयू र १ सय ६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार