रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला

रुकुम । रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसीका अनुसार बालिकालाई खोल्सामा मृत अवस्थामा भेटिएको हो ।बालिकाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा ल्याउँदै गरेको प्रहरी निरीक्षक बिसीले बताउनुभयो । बालिकाको मृत्यु हुनुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार