१० बुँदे कार्यान्वयन गर्ने ओली र एकता पक्षधर नेताहरुबीच सैद्धान्तिक सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको हो ।

सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । भोली बस्ने स्थायी कमिटीमा उक्त प्रस्ताव पेश हुनेछ । पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्ने बालकोटमा भएको छलफलमा सहभागी एक नेताको भनाई छ ।

माधवकुमार नेपाल समूको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अन्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।

भोलिको बैठकमा सबै नेताहरु सहभागी हुने र पार्टीमा एकतामा देखा परेको समस्या समाधान हुने प्रवक्ता प्रदीप ज्ञवालीको भनाई छ । भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने उनको भनाई छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार