कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापतिलाई

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय टोलीले सदस्यता विवादका विषयमा नीतिगत समझदारी जुटाएर प्रतिवेदन बुझाएको हो ।

अब सभापति देउवाले प्रतिवेदनअनुसार सदस्यताको सूची निर्वाचन आयोगलाई बुझाएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु हुन्छ । त्यसअघि तीन नेताले तय गरेको नीतिगत समझदारीलाई कार्यान्वयनमा लैजान लेखक संयोजक रहेको छानबिन समितिलाई जिम्मेवारी दिइएको छ ।

यता, संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि धर्ना बस्ने तयारी गरेका छन् । क्रियाशील सदस्यताको विवरण पार्टीको वेबसाइटमा इन्ट्री गर्दा धाँधली गरिएको उनीहरूको आशंका छ । सदस्यताको सूची सार्वजनिक भएपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार