अनेरास्ववियूको नेता अधिकारीलाई आक्रमण गर्ने नेविसंघ र तरुणदलका नेता पक्राउ

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य सागरहरी अधिकारीलाई भौतिक आक्रमण गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एकसात अघि काठमाडौँको कोटेश्वारमा अधिकारीलाई आक्रमण गरी घाइते बनाएका थिए ।

कोटेश्वोर बहुमुखी क्याम्पसका नेबिसंघका इकाई सभापति संजय बुढाथोकी र नेपाल तरुण दल रामेछापको कोषाधक्ष्य योगेश श्रेष्ठलाई रामेछापको गोकुलगंगा–२ ठोसेबाट प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इस्पेक्टर शंकर श्रेष्ठले जानकारी दिए । उनीहरुलाई ठोसेबाट पक्राउ गरी काठमाडौँ पठाइएको उनले जानकारी दिए ।

त्यस्तै मन्थली–१२ का युवा नेता सुमन अधिकारीलाई काठमाडौँको तिनकुनेबाट पक्राउ गरिएको छ । अधिकारीलाई एउटा होटलमा कुरा गरिरहेको अवस्थामा आक्रमण गरी शक्त घाइते बनाएका थिए । आाफूमाथि अनाहकमा आक्रमण भएपछि अधिकारीले प्रहरीमा उजूरी दिएका थिए । त्यहि आधारमा प्रहरीले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार