देशभर थपिए २५२५ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९ पीसीआर परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९ सय १ एन्टिजेन परीक्षण गर्दा ५ सय ५ गरी २ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ५१ हजार १ जनामा र एन्टिजेन विधिबाट ८० हजार ९ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ८६ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ भने ७ लाख २ हजार १ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० जना रहेका छन् । जसमध्ये ३५ हजार १ सय ४५ जना होम आइसोलेसनमा , ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसनमा र ३ सय ९५ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय २० जना आईसीयू र १ सय ७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार