बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा

काठमाडौं । काठमाडौँको बालाजुस्थित म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने ‘अवैध कारखाना’मा अपराध महाशाखा र वाणिज्य विभागले छापा मारेको छ ।

मङ्गलबार काठमाडौँ महानगरपालिका–१६ स्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मारेर कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताउनुभयो ।

मोरङको विराटनगर घर भएका प्रभात देवले सञ्चालन गरेको सो कारखानामा म्याद गुज्रिएका बिस्कुटहरू डाईजेस्टिभ, क्रन्ची, कोकोनट कुकिज, बटर कुकिज, पास्ता, सेवाई र कर्नफ्लेक्समा पुरानो मिति मेटेर मेशिनबाट नयाँ मिति राख्ने गरेको भेटिएको छ ।

दुई ओटा गोदाममा राखिएको करिब १ करोड मूल्य बराबरको सामान सहित गोदाम सिल गरिएको छ । कारखानामा सुपरभाइजर पदमा कार्यरत चन्द्रागिरि नगरपालिका–६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइएको एसएसपी खापुङ्गले जानकारी दिनुभयो ।

काठमाडौँको नयाँ बानेश्वर बस्दै आएका कम्पनी सञ्चालक प्रभात देव फरार भएका छन् । प्रहरी र वाणिज्यको टोलीले म्याद नाघेका सामग्री रिलेबलिङ गर्ने मेशिन र लेभल मेट्न प्रयोग हुने केमिकल बरामद गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार