चार महिनाभित्र एकीकृत समाजवादी पार्टी मुलुककै ठुलो दल बन्छ : मेटमणी चौधरी

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले ४ महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठुलो दल बन्ने दाबी गर्नुभएको छ ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणी चौधरीले यस्तो बताउनुभएको छ । “प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” चौधरीले भन्नुभयो,“त्यसपछि हामी मुलुककै ठुलो पार्टी बन्छ ।”

चौधरीले केपी ओली एमालेको अध्यक्ष रहँदासम्म आफूहरुको सहमति, सहकार्य र एकता नहुने स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले अपेक्षा गरेकोभन्दा धेरै केन्द्रीय सदस्य र सांसद्हरुको सनाखत भएको बताउनुभयो । उहाँले ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसद्को हस्ताक्षर भइसकेको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार