संवैधानिक नियुक्ति विरुद्धका रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा भएको नियुक्तिहरुको विषयमा परेको रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ । तत्कालीन प्रधानममन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकसम्बन्धी नियम सच्याएर गरिएको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजालासबाट सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजासालमा संवैधानिक परिषदले गरेको नियुक्तको खारेजीसम्बन्धी रिटको पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित इजालासमा वरिष्ठतम न्यायाधीशहरु राखिएका छन् ।

इजालासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वार खतिवडा रहेका छन् । सभामुख अग्निप्रसाद सापकोटा, अधिवक्ता ओमप्रकाश अर्याललगायतले संवैधानिक परिषद नियुक्ति असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका छन् । विपक्षी दलको नेता र सभामुखको उपस्थितिबिना नै अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक नियकायमा नियुक्ति गरिएकोे थियो । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार