थपिए २०६५ कोरोना संक्रमित, २३३७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ५२ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ जना र ४ हजार ३ सय ६५ एन्टिजेन परीक्षण गर्दा ४ सय ८८ गरी २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ५६ हजार ४ सय ९२ जनामा र एन्टिजेन विधिबाट ८२ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३७ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ भने ७ लाख ८ हजार २ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६ सय ७६ जना होम आइसोलेसनमा , २ हजार ९ सय २३ जना संस्थागत आइसोलेसनमा र ३ सय ३७ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय २२ जना आईसीयू र १ सय ७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार