प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट, मन्त्रीमण्डललाई पूर्णता दिनेबारे छलफल

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान करिब एक घण्टा भेटवार्ता भएको हो।

उनीहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार