भदौ १८ गते वडा अधिवेशन हुन्छ : कांग्रेस महामन्त्री खड्का

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भदौ १८ देखि पार्टीको वडा अधिवेशन सुरु हुने बताउनुभएको छ । वडा अधिवेशनसँगै महाधिवेशन आरम्भ हुने भन्दै उहाँले नेता–कार्यकर्तालाई तयारीमा जुट्न आग्रहसमेत गर्नुभएको छ ।

महाधिवेशनका विषयमा अझै पनि भ्रम रहेको जनाउँदै महामन्त्री खड्काले ट्विटरमा लेख्नुभएको छ , ‘अब कहीँ–कतै भ्रम नरहोस् । अन्योल र अलमलमा नपरौँ । भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन्छ ।’

खड्काले थप लेख्नुभएको छ , ‘वडा अधिवेशनसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ । पार्टीका सबै तहका नेता, पार्टी सदस्यहरू, शुभचिन्तकहरू हामी सबै पार्टीको महाधिवेशनरूपी महायज्ञमा जुटौं ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार