महामन्त्री पदमा उम्मेदवारी दिने नेता थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

आफ्नो दावेदारीका आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उहाँले बताउनुभयो । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताउनुभयो । थापाले पार्टी भित्रको प्रतिस्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाउनुभयो । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार