करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदा रहेको प्रहरीले जनाएको छ । पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त भएकी उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतकको शवलाई पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार