एमाले महाधिवेशन:अध्यक्ष पदमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभएको छ । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगको भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गर्नुभएको हो ।

एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदै छ । पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताउनुभयो । “मलाई अध्यक्ष पद डिजर्भ गर्छ,” उहाँले भन्नुभयो । आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ ।

अहिलेसम्म एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरु कसैले पनि नेतृत्वमा दाबी गरेको छैन । ओलीले फेरि एकपटक नेतृत्वमा दोहोरिने इच्छा प्रकट गर्नुभएको छ । ओली निकट नेता शंकर पोखरेलले केही समयअघि नै ओलीकै नेतृत्वमा पार्टी चुनाव र सरकारमा जाने घोषणा गरिसकेका छन् । एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता बन्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार