कालिपुलका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा आर्थिक सहयोग (तस्बिर सहित)

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ ,कालिपुल स्थित पहिरो पीडित परिवारलाई कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । कालिपुल स्थित कालिगण्डकी नदीमा मल्लाज भिरबाट खसेको पहिरोको कारण पीडित भएका आठ परिवारलाई नेपाली कांग्रेस म्याग्दीको विपद उपसमितिबाट तत्कालका लागि २२ हजार रुपैयाँ राहत सहयोग गरिएको वडा सदस्य तथा नेपाल तरुणदल म्याग्दीका कोषाध्यक्ष हिराबहादुर पुनले बताउनुभयो । उक्त रकम जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले वडा अध्यक्ष रामकृष्ण बराईली मार्फत पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

कांग्रेस म्याग्दीले यस अघि पनि जिल्लाका विभिन्न ठाउँका बाढी पहिरो पीडितलाई सहयोग गर्दै आएको छ । सभापति गर्बुजाले मध्यरातमा भएको अकल्पनीय घटना प्रति दुख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत स्वरुप आर्थिक सहयोग गरिएको बताउनुभयो । उहाँले पीडित परिवारको पुर्नवासको लागि पार्टीले थप पहल गर्ने समेत बताउनुभयो ।

याे पनि…

https://myagdinews.com/2021/08/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b/

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पुर्व जिल्ला सह–सभापति नेत्रबहादुर महत,जिल्ला सहसचिव भरतबहादुर रकाल ,जिल्ला सदस्य ओम छन्त्याल ,केबी भण्डारी ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन ,कांग्रेस बेनी नगर सभापति अनोद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । मध्यराती साढे २ बजेको समयमा पर्वतको जलजला गाउँपालिका–३ ,मल्लाज भिरबाट कालिगण्डकी नदीमा खसेको पहिरोको कारण आएको छाल सहितको बाढीले कालिपुलमा ठुला क्षति पु¥याएको छ भने तीन जना घाइते भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार