कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दिंदै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता कल्याण गुरुङले सभापति पदमा उमेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ ।

पार्टीको सभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नका लागि गुरुङले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषणा गर्न लाग्नुभएको हो ।

आजको पत्रकार सम्मेलनमा कांग्रेसको १४औँ महाधिवेशनका लागि युवा नेता कल्याण गुरुङले सभापति पदमा उमेद्वारी घोषणा गर्नुहुनेछ । आफ्नो प्यानलको टिमकाबारेमा भने केही पछि सार्वजनिक गर्ने गुरुङले बताउनुभयो । कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसक्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार