बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ ।

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् । प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका थिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार