तत्कालिन राजपाबाट निर्वाचित ७२ मध्ये ५४ जनाले रोजे लोसपा

जनकपुर । जनकपुरधाम उपमहानगरपलिका तत्कालिन राजपाबाट निर्वाचित भएका ७२ जना मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेको छन् । तत्कालिन राजपाबाट निर्वाचित भएर जनता समाजवादीमा प्रवेश गरेका ७२ जना मध्ये ५४ जनाले महन्थ ठाकुर नेतृत्वको नव गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

लोसपाका नेता मनोज चौधरीका अनुसार जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झा, हंसपुर नगरपालिकी उपमेयर रेणु झासहित ५४ जनाले लोसपा रोजेका हुन् । त्यसैगरि, जनकपुरधाम उपमहनगरपालिकाका वडा नम्बर १, ४, ६, ७, ८, ११, २० र २२ का वडा अध्यक्षहरूले समेत लोसपाको पक्षमा सनाखत गरेका छन् । विभाजित भएको जनता समाजवादी पार्टीका नेतालाई निर्वाचन आयोगले आफ्नो ईच्छाएको पार्टी रोज्न भदौ २२ गतेसम्मको समय तोकेको थियो ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिका जनप्रतिनिधीले सनाखत गराएका छन् । अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधले क्रमिक रूपमा सनाखत गराउने नेता चौधरीले बताउनुभयो। प्रदेश सासदहरूले बुधबार सनाखत गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताउनुभयो । सनाखतकै लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत पार्टीका शीर्ष नेताहरू बुधबार जनकपुर पुग्ने भएका छन् । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार