थपिए २०५२ कोरोना संक्रमित, ३०३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय १२ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ४८ जना र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षण गर्दा ४ सय ४ गरी २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ६४ हजार २ सय ९५ जनामा र एन्टिजेन विधिबाट ८३ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने ३ हजार ३० जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७ सय ७० पुगेको छ भने ७ लाख १९ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ८९ जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार