दाङ । दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो ।
नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस गर्दै गर्दा खोलामा आएको बाढीले बगाउँदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिहेको अवस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो ।
पुनको खुट्टा भाँचिएको छ। त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि सुशीला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुँवरको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो।
सिस्नेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले बताउनुभयो। बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही ३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको उहाँले बताउनुभयो । रातोपाटीबाट