तीन अन्तर्राष्ट्रिय हवाई कम्पनीले यात्रु ठगे : उड्डयन प्राधिकरण

काठमाडौँ । कोभिड–१९ को उच्च संक्रमणका बेला गत वर्ष सरकारद्धारा लागू गरिएको लकडाउनमा चार्टर उडानको नाममा तीन अन्तर्राष्ट्रिय ठूला हवाई कम्पनीबाट यात्रु ठगिएको पाइएको छ । बढी भाडा लिइएको जन गुनासाका बीच नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणमा परेको अधिकतम २५ वटा मुद्दामध्ये तीन कम्पनीले १३ वटा हवाई टिकटमा बढी भाडा लिएको पाइएको हो ।

यस्तो बदमासी गर्नेमा एक नेपाली हवाई कम्पनी ‘हिमालयन एयरलाइन्स’ सहित दुईवटा प्रसिद्ध अन्तर्राष्ट्रिय हवाई कम्पनी ‘कतार एयरवेज र टर्किस एयरलाइन्स रहेको प्राधिकरणले जनाएको छ । कुल २५ वटा मुद्दाहरूमध्ये, अधिकतम १६ वटा मुद्दा कतार एयरवेज विरुद्ध परेकोमा ९ वटा टिकटमा एयरवेजले तोकिएको भन्दा बढी भाडा लिइएको र बाँकी ९ वटा मुद्दामा हिमालय एयरलाइन्स र टर्किस एयरलायन्सले समान २÷२ वटा टिकटमा बढी भाडा असुल गरेको पाइएको प्राधिकरणले जनाएको छ ।

कोभिड–१९ को महामारीको समयमा चार्टर लगायत अन्य अन्तर्राष्ट्रिय उडानमा महँगो भाडा लिएको सम्बन्धमा प्राधिकरणमा परेको कुल २५ वटा मुद्दा उपर छानविन गर्न गत असार ७ गते प्राधिकरणले एक छानविन समिति गठन गरेको थियो । सोही समितिले अध्याय पश्चात निर्माण गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । उक्त प्रतिवेदन प्राधिकरणको तर्फबाट बुधबार महानिर्देशक राजन पोखरेलले तालुक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई बुझाएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार