बलिउड कलाकार शुक्लाको निधन

काठमाडौँ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस–१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ । शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए ।

उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’बाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो बिग बोस–१३ बाहेक उनी ‘झलक दिखलाजा–६’, ‘फियर फ्याक्टर :’खत्रोंका खिलाडी ७’मा पनि सहभागी भएका थिए । उनले सन् २०१४ मा ‘हम्टी शर्माकी दुल्हनियाँ’मा साहयक अभिनेताको भूमिका गरेका थिए । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार