
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । अब प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए । नागरिक खबरबाट