काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २:१० बजेसम्म १ सय १० अंकले बढी सकेको छ । आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि देखिएको हो । सो अवधिसम्म नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।
सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाउनुभएको थियो । उहाँले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ekantipurबाट