काठमाडौँ । ओमानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले मंगलबार राम्रो सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले २५ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै सय रन पुरा गरेको छ।नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । बिक्रम शोब र कुशल मल्लले समान २-२ विकेट हात पारे।
पिएनजीका लागि लेगा शैकाले ३० रन बनाउँदा चार्लेस आमिनीले २३ रन बनाए। यसअघि पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड भए भने उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भाला ४ रन बनाएर आउट भए। यस्तै शेशे बाउले १४ रन बनाउँदा किपलिन दोरिगाले १५ रन जोडेर आउट भए।
नेपालका लागि डेब्यू खेलाडी विक्रम शोबले धारिलो बलिङ गर्दै सुरूवाती २ विकेट लिए । उनले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड गर्दै पवेलियनको बाटो देखाए । एकदिवसीय क्रिकेटमा डेब्यु जनाउने क्रममा विक्रमले दोस्रो सिकारका रुपमा उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भालालाई आउट गरे । चार रन बनाएका भेलालाई विक्रमले आरिफ शेखको हातबाट क्याच गराएका थिए ।
विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको शृंखला खेल्न लागेको हो । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका र ओमानका राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिदेशीय शृंखला भदौ २८ देखि असोज चार गतेसम्म ओमानमा हुनेछ। सेतोपाटीबाट