प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने

काठमाडौं । १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको छ । त्यसका लागि विपक्षी दलहरुले तयारी गरिरहेको छ ।नेकपा एमाले विभाजन गरी माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।

एमाले अल्पमतमा परेसँगै पाँच दलीय गठबन्धन सरकार परिवर्तनका लागि आवश्यक गृहकार्यमा जुटेका छन् ।नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्ने तयारीमा छन् ।

प्रदेशसभामा कुल ९३ सांसद छन् । जसका आधारमा बहुमतका लागि कम्तीमा ४६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी जम्मा ५० सांसद हुन्छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार