प्रधानमन्त्रीले मन्त्रीको नाम मागेको तीन दिन बित्दै, कसैले दिएन नाम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न चाहनुभएको छ । उहाँले मन्त्रीको नाम मागेको पनि तीन दिन बित्दैछ तर, आइतबार मध्यान्हसम्म कुनै पनि दलले मन्त्रीको नाम दिएका छैनन् ।

मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग नाम मागेको तीनदिन बित्दा पनि कसैबाट नाम नआएपछि आजको सत्ता गठबन्धनको बैठकमा पनि छलफल भएको छ ।

गत शुक्रबार नै मन्त्रीको टुंगो लगाउने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा थिए । तर, सत्तारुढ दलहरुले मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषद विस्तार हुन सकेन् ।

आइतबार बसेको सत्ता गठबन्धन दलको बैठकमा पनि मन्त्रिपरिषद विस्तारको विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । तर, सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता नलिएसम्म सरकारमा मन्त्रीको नाम पठाउन नसक्ने बताएपछि फेरि मन्त्री परिषद विस्तार स्थगित भएको छ ।

सत्तारुढ दल जसपामा सबै सांसद मन्त्री बन्न चाहन्छन् । तर, सो दललाई छ जना मन्त्री भागमा परेको छ । दल विभाजनसम्वन्धी अध्यादेश रहेको स्थितिमा मन्त्रीको टुंगो लगाउँदा मन्त्री बन्न नपाएका सांसदहरु मिलेर पुनः दल विभाजन गर्ने खतरा रहेको भन्दै जसपाले सो अध्यादेश निष्कृय पार्नुपर्ने अडान राखेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार