
काठमाडौँ । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादीले आज काठमाडौँमा मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विरोध गरेको छ । उनीहरुले आज काठमाडौँको खुला मञ्चमा विरोध सभा गरेर एमसीसीको विरोध गरेको हो ।
नेकपाको महासचिव विप्लव, प्रवक्ता खड्गप्रसाद विश्वकर्मा(प्रकाण्ड) आफैले विरोध जुलुसको नेतृत्व गरेका थिए । उनीहरुले राजधानिको विभिन्न स्थानहरुबाट विरोध जुलुस निकालेर खुल्ला मञ्चमा प्रवेश गरेका थिए । काठमाडौँको माइतिघर, त्रिपुरेश्वार, दरबारमार्ग लगायत स्थानहरुबाट जुलुस निकालेर खुला मञ्चमा विरोधसभामा परिणत भएको छ ।
नागरिक खबरबाटबाट